४ वर्षीय बालक मृत फेला

लोकपथ
42
Shares

काठमाडौं । दाङमा एक ४ वर्षीय नाबालक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी मुकुन्द रिजालले दिएको जानकारीअनुसार घोराही उपमहानगरपालिका २ साइपुरस्थित साइपुर सिँचाइ नहरमा सोही ठाउँ बस्ने कमला पुनको छोरा ४ वर्षीय विशाल पुन मृत अवस्थामा फेला परेका हुन् ।

यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?