लाग्यो कांग्रेस महाधिवेशन : ३६ जिल्लामा तोकियो निर्वाचन अधिकृत, को कहाँ ? (सूचीसहित)

लोकपथ
1.2k
Shares

काठमाडौं । आगामी भदौ १८ गतेबाट नेपाली कांग्रेसको वडा अधिवेशन सुरु हुँदैछ ।

सोही क्रममा नेपाली कांग्रेसले देशका विभिन्न ३६ जिल्लामा जिल्ला निर्वाचन अधिकृत तोकेको छ ।

जसअनुसार प्रदेश १ का १४ जिल्लाका २८ निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश १ का ६ जिल्ला बाहेक सबै जिल्लाहरुमा निर्वाचन अधिकृतहरु तोकिएको छ ।

इलाम, धनकुटा, भोजपुर, मोरङ र सुनसरी बाहेकका जिल्लाहरुमा निर्वाचन अधिकृतहरु तोकिएको छ । तर प्रदेश नं २ का ८ वटा जिल्लाका ३२ निर्वाचन क्षेत्रहरुमा भने निर्वाचन अधिकृतहरु तोकिएको छैन ।

त्यस्तै बागमती प्रदेशका १३ वटा जिल्लाका कुल ३३ निर्वाचन क्षेत्र रहेका छन् । बागमती प्रदेशका ४ जिल्लाहरु दोलखा, रामेछाप, सिन्धुली र भक्तपुरमा निर्वाचन अधिकृतहरु तोकिएको छ भने बाँकी ९ जिल्लामा निर्वाचन अधिकृत तोकिएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?