कपाल काट्न गएका १६ वर्षीया किशोरको कैची प्रहार गरी हत्या, हजाम फरार

लोकपथ
2.6k
Shares

काठमाडौं । कपाल काट्न गएका १६ वर्षीया किशोरको हत्या भएको छ । हजामले कपाल काट्ने क्रममा विवाद भएपछि कपाल काट्न आएका १६ वर्षीया किशोरको कैची प्रहार गरी हत्या गरेका हुन् ।

यो घटना भारतको उत्तर प्रदेशको गाजीपुरको हो । १६ वर्षीया किशोर कपाल काट्न आफ्नो एक जना साथिसँग हजामकोमा गएका थिए । कपाल काट्ने क्रममा किशोरको हजामसँग विवाद भएको थियो ।

Delhi: Youth stabbed to death with a pair of scissors by barber

विवाद निकै चर्किएपछि रिसको झोकमा हजामले कैचीले उक्त किशोरको हत्या गरेका छन् ।

साथै किशोरसँग साथि गएका अर्को युवकलाई पनि हजामले घाइते बनाएका छन् । गम्भिर घाइते भएका युवकको नजिकको अस्पतालमा उपचार भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

हाल हजाम फरार रहेका छन् । फरार अभियुक्तको खोजी गरिरहेको भारतीय प्रहरीले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?