मुख धुँदा नगर्नुहोस् यस्ता गल्ती

अनुहारको छाला कोमल र सम्वेदनशील हुने हुँदा साना–तीना गल्तीले नै अनुहारको सौन्दर्यमा नकारात्मक असर पर्छ । जसका कारण अनुहारको सौन्दर्यमा ह्रास समेत आइरहेको हुन्छ ।अनुहारको सौन्दर्यमा हामीले अनुहार कुन किसिमले धुन्छौ भन्ने कुरा पनि पर्दछ । अनुहार सामान्यतः बिहान उठेपछि वा बिहिरबाट आएपछि धुने गर्छौ । तर, हामिले अनुहार धुनुले पनि हाम्रो सौन्दर्यतामा ह्रास ल्याइरहेको छ भन्ने कुरालाई ध्यान दिइरहेको हुँदैनौ । जसले गर्दा अनुहारमा डण्डिफोर आउने, छाला चिलाउने वा फुस्रो हुने जस्ता समस्या देखिन्छ ।मुख धुँदा गरिने गल्तीतातो पानीको प्रयोगः विशेष गरी जाडो मौसममा मानिसहरू चिसो पानी छुन डराउँछन् । अनि नुहाउँदा, मुख धुँदा तातो–मनतातो पानीको प्रयोग गर्छन् । तर उनीहरूले यो विचार गर्दैनन् कि, तातो पानीले अनुहारको चिल्लोपना हटाउँदछ र राम्रा ब्याक्टेरियाहरूलाई नष्ट गरिदिन्छ, जसले गर्दा अनुहार फुस्रो हुनुको साथै एलर्जी आउने सम्भावना हुन्छ ।त्यसैले सकेसम्म चिसो अनि सफा पानीले नै अनुहार पखाल्नु पर्छ । यदि अत्ति नै जाडो भएमा धेरै तातो होइन, हलुका मनतातो बनाएर धुनु पर्दछ ।जुन पायो त्यहि साबुनको प्रयोगः अनुहार धुँदा साबुनको प्रयोग गर्नु राम्रो होइन । फेरि सबै साबुन एकै किसिमका पनि हुँदैनन् । अधिकांश साबुनमा हाम्रो छालामा रहेका फाइदाजनक ब्याक्टेरियाहरूलाई मार्ने खालका रसायनहरू मिसाइएका हुन्छन्, जसले गर्दा मुहारको छालामा एलर्जी हुने, चिलाउने, फुस्रो हुने समस्या देखा पर्दछ ।हात नै नधोइ अनुहार छुनुहुदैन्ः राति सुत्दा हाम्रो हत्केलामा अनेकौँ प्रकारले फोहोर टाँस्सिन्छन् । दिउँसो काम गर्दा पनि हातमा फोहोर लागेको हुन्छ । त्यसपछि अनुहार धुने बेलामा हातले सिधै अनुहारलाई छुने गल्ती गर्छौँ । यसो गर्दा हत्केलामा टाँस्सिएका फोहोर र ब्याक्टेरिया अनुहारमा सर्दछ । त्यसैले अनुहार पखाल्नुभन्दा पहिला हातलाई राम्रोसँग पखाल्नुपर्छ अनि मात्र अनुहार सफा गर्नुपर्छ ।दिनको एकचोटि मात्रै अथवा धेरै चोटि धुनेः अधिकांशले बिहान उठेर मुख धुन्छन् अनि दिनभरी काम गरेर बेलुका मुख धुन बिर्सन्छन् । फेरि कोही–काहिी यस्ता पनि हुन्छन्, जसलाई घण्टै पिच्छे मुख धोइराख्नुपर्ने हुन्छ । यी दुवै काम फिटिक्कै गर्नुहुँदैन ।फोहोर तौलियाको प्रयोगः मुख धुँदा सबै विधि पुर्याएर धुनुभयो, तर अनुहार पुछ्ने बेलामा फोहोर तौलियाको प्रयोग गर्नुभयो भने त्यो विधि पुर्याएर मुख धुएको काम लाग्दैन । त्यसैले बरु त्यत्तिकै सुक्न दिनुहोस्, तर फोहोर लुगाले अनुहार पुछ्ने काम नगर्दा राम्रो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?