२१ असार २०७९, मंगलवार

कपिलवस्तुमा प्रमुख दलद्धारा उम्मेदवार सिफारिस

२०७४,आश्विन,२३,सोमवार ०५:५६

0
Shares

जितपुर, कपिलवस्तु, २३ असोज ।आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख तीन दलले उम्मेदवार छानेका छन् ।तीन वटा प्रतिनिधि सभा र छ वटा प्रदेश सभा क्षेत्र रहेको यस जिल्लामा लामो कसरतपछि तीन ठूला दलले उम्मेदवारको नाम टुंगो लगाएका हुन् ।नेपाली काँगे्रसबाट यसै हप्ता मात्रै भारतका लागि नेपाली राजदूतबाट राजीनामा दिनुभएका दीपकुमार उपाध्यायसहित सांसद अतहर कमाल तथा पूर्व मन्त्री कमलेश शर्माको नाम प्रतिनिधि सभा क्षेत्र नं १ को लागि सिफारिस गरिएको छ ।यसैगरी क्षेत्र नं २ बाट पार्टी सभापति एवं सांसद सुरेन्द्रराज आचार्यको एकल नाम सिफारिस गरिएको छ । त्यसैगरी क्षेत्र नं ३ बाट हालै संघीय समाजवादी फोरम परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका सांसद अभिषेकप्रताव शाहको नाम सिफारिस गरिएको सभापति सुरेन्द्रराज आचार्यले जानकारी दिए ।नेपाली काँग्रेसले प्रतिनिधि सभा समानुपातिकका लागि १५ जना र प्रदेशका लागि ६० जनाको नाम पठाएको छ ।नेकपा (एमाले)बाट एमाले क्षेत्र नं १ बाट विष्णु पन्थी, सांसद बलराम अधिकारी, शारदा पोख्रल र हीरालाल पौडेलको नाम सिफारिस गरेको छ । त्यस्तै २ बाट सूर्य चिह्न लिएर चुनाव लड्ने सहमति गरेका सांसद वृजेशकुमार गुप्ताको एकल नाम सिफारिस गरिएको छ ।क्षेत्र नं ३ बाट महादेव पोख्रेल, क्षेत्रबहादुर खत्री, निशा विक, सुशीला खनाल, अहमद अब्दुल रउफको नाम सिफारिस गरिएको एमाले उपाध्यक्ष बाबुराम खनालले जनकारी दिए । प्रतिनिधि सभाको समानुपातिकतर्फ नौ जना र प्रदेशतर्फ १९ जनाको नाम पठाएको एमालेले जनाएको छ ।नेकपा (माओवादी केन्द्र)ले १ बाट प्रतिनिधि सभामा हालका लेखा समिति सभापति डोरप्रसाद उपाध्यायको नाम सिफारिस गरेको छ । क्षेत्र नं २ बाट गिरीधरीलाल न्यौपाने तथा जिल्ला सहइञ्चार्ज रुद्रलाल बन्जाडेको नाम सिफारिस गरेको छ ।त्यस्तै क्षेत्र नं ३ बाट माओवादी स्थायी समिति सदस्य चन्द्रपाणी खनाल (बलदेव) र शिवप्रसाद जैसवालको नाम पठाएको माओवादी केन्द्रले जनाएको छ । प्रदेश सभामा विष्णु बेल्वासे, सन्तोषी पाण्डे, जावेद मुसलवानको मात्रै नाम टुंगो लागेको बताएको छ ।स्रोतका अनुसार एमाले र माओवादीसहित नयाँशक्तिको समीकरणका कारण कुन क्षेत्रबाट को लड्ने भन्नेमा जिल्ला तहमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,२३,सोमवार ०५:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अर्घाखाँची । अर्घाखाँची खेलकुद विकास समितिको अध्यक्षमा नेपाली कांग्रेसका नेता विष्णु क्षत्री नियुक्त भएका छन् । प्रदेश खेलकुद बिकास समिति

अर्घाखाँची । अर्घाखाँची सन्धिखर्क नगरपालिकाका एक वडा अध्यक्षले आफ्नो पारिश्रमिकबाट तलब दिने गरी सामुदायिक विद्यालयमा शिक्षक नियुक्ति गरेका छन् ।

बुटवल । अन्नको भण्डार मानिएको लुम्बिनी प्रदेशमा यस वर्ष भने अन्न उत्पादन घटेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो अध्ययनअनुसार

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका–६ बसपार्कबाट एकथान कटुवा पेस्तोल, सोही पेस्तोलको दुईथान गोली र एकथान चक्कुसहित ३ जनालाई आइतबार राति

ताजा समाचार

भलिबल प्रशिक्षक चन्दको सम्मान र बिदाई
 २०७९,असार,२१,मंगलवार १७:३९
बस्यो मन्त्रिपरिषद् बैठक
 २०७९,असार,२१,मंगलवार १७:०५
सानेपामा कांग्रेस पदाधिकारी बैठक जारी
 २०७९,असार,२१,मंगलवार १६:५६