म्यान्चेस्टर सिटीका डिफेन्डर मेन्डी निलम्बित

काठमाडौं। इंग्लिश प्रिमियर लिगको वर्तमान विजेता क्लब म्यानचेस्टर सिटीका डिफेन्डर बेन्जामिन मेन्डी निलम्बित भएका छन्।

फ्रान्स तथा सिटीका लेफ्ट ब्याक मेन्डीमाथि बलात्कारको आरोप लागेसँगै उनलाई क्लबले निलम्बित गरेको छ। मेन्डीमाथि चार बलात्कार तथा यौन दुर्व्यवहारको आरोप लागेको छ।

Benjamin Mendy: Manchester City defender charged with four counts of rape |  Euronews

मेन्डीमाथि उत्तर पश्चिमी इङ्ल्यान्डको चेशायर कन्स्टाबुलरीले बलात्कार तथा यौन दुर्व्यवहारको आरोप लगाएको छ। क्राउन अभियोजन सेवा (सीपीएस)ले गत वर्षको अक्टोबर देखि अहिलेसम्म यी घटनाहरु घटेको जानकारी दिएको छ।

सन् २०१८ मा फ्रान्ससँग फिफा विश्वकप उपाधि उचालेका मेन्डीमाथि आरोप लगाउने तीन उजुरीकर्ता १६ वर्ष उमेर समूह भन्दा माथिका छन्। मेन्डी अहिले प्रहरी हिरासतमा छन्। उनी आज (शुक्रवार) चेस्टर अदालतमा उपस्थित हुनेछन्।

World Cup 2018: Benjamin Mendy France, Manchester City, world's luckiest  footballer

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?