चाक्सीबारीमा संस्थापन इतरका नेताहरुको बैठक, महाधिवेशन सुनिश्चतताको लागि दबाब दिने निर्णय

लोकपथ
299
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरका नेताहरुको बैठक बसेको छ ।

पूर्व महामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा भएको छलफलका क्रममा महाधिवेशन प्रक्रियामा देखिएका समस्याका लागि पहल गर्ने निर्णय भएको छ ।

बैठकले तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्ने वातावरण बनाउनका लागि नेतृत्वसँग ठोस पहल गर्ने बारेमा छलफल भएको हो ।

पटकपटक सारेको महाधिवेशन अब तोकिएकै मितिमा गर्नका लागि नेतृत्वलाई दबाब दिन विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई भेटेर त्यसबारे छलफल गर्ने निर्णय भएको छ ।

कांग्रेसले आगामी भदौ १८ गते वडा अधिवेशन गर्ने निर्णय गरेको छ । तर देशभरीको क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक लगायतका मागहरुसहित पौडेल पक्षका जिल्ला सभापतिहरु पार्टी कार्यालयमा धर्ना दिइरहेका छन् ।

चाक्सीबारी वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री सिंहसहित महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाल, बलबहादुर केसी, डा. शेखर कोइराला लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?