साढे ९ खर्ब रेमिट्यान्स भित्रियो

लोकपथ
91
Shares

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ सम्ममा ९ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँ आयात भएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भएको छ ।

गत वर्षको यसै समयमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ८.२ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.३ प्रतिशतले घटेको थियो  ।

आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६२.८ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्ष यस्तो संख्या २०.५ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४६.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३४.७ प्रतिशतले घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?