राजनीतिक दलसम्बन्धी मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा, आज पेसी तोकियो

लोकपथ
507
Shares

काठमाडौं । राजनीतिक दलसम्बन्धी अध्यादेशको विरुद्धमा परेको रिटको आजका लागि पेसी तोकिएको छ ।
उक्त अध्यादेश संविधानसँग बाझिएको र संवैधानिक मर्म विपरित जारी भएको भन्दै परेको रिटमा आजको संवैधानिक इजलासमा पेसी तोकिएको हो ।

तर आज राजनीतिक लगायतका मुद्दाहरु रहेकाले उक्त मुद्दामा सुनुवाइ हुने संभावना कम रहेको स्रोतले जनाएको छ । उक्त मुद्दामा संवैधानिक इजलासमा हेरिने भएकाले अर्को बुधबार र शुक्रबारसम्म सुनुवाइ हुनसक्ने सम्भावना रहेको बताइएको छ ।

सरकारले गत भदौ १ गते सरकारले सहज रुपमा राजनीतिक दल फुटाउने मिल्ने अध्यादेश जारी गरेको छ । त्यससँग पार्टी विवाद उत्कर्षमा रहेका बेला एमालेबाट माधवकुमार नेपाल र जसपाबाट महन्थ ठाकुर पक्षले नयाँ दल खोलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?