काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमको मुद्दामा शुक्रबार (आज) सुनुवाइ हुने भएको छ ।
आलमको मुद्दामा आज न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा आज पेसी तोकिएको छ ।
२०७० सालको आम निर्वाचनका बेला आफ्नो निर्वाचन क्षेत्र रौतहटमा ज्यूँदै मानिसलाई इँटा भट्टामा जलाएको आरोप उनीमाथि रहेको छ । उच्च अदालत पाटनको आदेश अनुसार आलमलाई थुनामा रहेका थिए । त्यस्तै उक्त आदेशविरुद्ध आलमले अदालतमा निवेदन दिएका थिए । आलमलाई अदालतको आदेशअनुसार २०७६ साल असोज २६ गते पक्राउ परेका थिए ।
आलमले दिएको सोही निवेदनमाथि सुनुवाइ हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया