भारतविरुद्ध इंग्लिश कप्तान जो रुटको अर्को शतक, इङ्ल्यान्ड बलियो स्थितिमा

काठमाडौं। इङ्ल्यान्ड भ्रमणमा रहेको भारतविरुद्ध घरेलु टोलीले शानदार प्रदर्शन गरेको छ।

इङ्ल्यान्डको लिड्सस्थित हेडिङले ओभलमा जारी तेस्रो टेस्ट खेलको पहिलो इनिङमा दोस्रो दिन पनि इङ्ल्यान्डले शानदार ब्याटिङ गरेको छ।

Joe Root is ecstatic after scoring a hundred, England vs India, 3rd Test, Leeds, 2nd day, August 26, 2021

१२० रनको स्कोरबाट सुरु भएको इङ्ल्यान्डको दोस्रो दिनको पारी दिनभरी चलेको थियो। सन् १९७६ पश्चात् लिड्सको मैदानमा कुनै पनि टोलीका सुरुवाती ४ खेलाडीले अर्धशतक लगाएको यो पहिलो खेल पनि बन्न पुगेको छ।

इंग्लिश ओपनरद्वय रोरी बर्न्स र हसीब हामिदले क्रमशः ६१ र ६८ रनको पारी खेल्दा डाविड मलनले ७० रन बनाएका थिए। त्यस्तै चौथो नम्बरमा आएका इंग्लिश कप्तान जो रुटले सर्वाधिक १२१ रनको योगदान दिएका छन्।

Joe Root is embraced by Jonny Bairstow after reaching his hundred, England vs India, 3rd Test, Leeds, 2nd day, August 26, 2021

लर्ड्समा खेलिएको दोस्रो टेस्टको पहिलो इनिङमा पनि शतक प्रहार गरेका रुटले भारतविरुद्ध लगातार खेलमा शतक प्रहार गर्न सफल भएका छन्। दोस्रो दिनको खेल सकिँदासम्म इङ्ल्यान्डले १२९ ओभरमा ८ विकेट गुमाएर ४२३ रनको विशाल स्कोर तयार गरेको छ।

पहिलो इनिङमा ३४५ रनको अग्रता बनाएको घरेलु टोली तेस्रो टेस्टमा इनिङले जित निकाल्ने दाउमा रहेको छ। भारतका लागि मोहम्मद शमीले ३ विकेट लिएका छन् भने मोहम्मद सिराज र रवीन्द्र जडेजाले समान २-२ विकेट लिएका छन्। त्यस्तै जसप्रित बुम्राहले इंग्लिश कप्तान जो रुटको विकेट लिन सफल भएका छन्।

Joe Root gets a grand Headingley welcome, England vs India, 3rd Test, Leeds, 2nd day, August 26, 2021

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?