खोटाङ । खोटाङमा हत्या अभियोगमा भाइ र भतिजा पक्राउ परेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका – ३ बाम्राङका ३३ वर्षीय गिरिराज थापाको हत्या अभियोगमा उनकै सहोदर भाइ २३ वर्षका नारायण थापा र भतिजा १५ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।
बुधवार साँझ मुढेबाट घर फर्कने क्रममा भोटे पिपलको रुखमा भैंसी बाँध्ने नाइलनको डोरीले घाँटीमा बाँधेर हत्या गरेको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
घटनामा प्रयोग गरिएको डोरीसहित पक्राउ परेका दुई जनामाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षकी सागर शाहले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया