काबुल विमानस्थलमा भएको हमलामा ६० जनाको मृत्यु

लोकपथ
247
Shares

काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भएको विस्फोटमा ६० जनाको ज्यान गएको छ ।

बिहीवार साँझ भएका दुई विस्फोटमा १ सय ६० जना घाइते भएको अन्तर्राट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

बिबिसीले उल्लेख गरेअनुसार विस्फोटमा चार सैनिकसहित १३ अमेरिकी नागरिकको पनि मृत्यु भएको छ । घटनापछि विमानस्थलबाट हुने सबै उडान बन्द गरिएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आतंकवादी संगठन आइएसआईएसको खुरासनले हमला गरेको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?