युईएफए च्याम्पियन्स लिगको ड्र पूरा, समूह ‘ए’ र ‘बी’ नै ‘ग्रुप अफ डेथ’

काठमाडौं। युईएफए च्याम्पियन्स लिग सन् २०२१/२२ को ड्र पूरा भएको छ।

टर्कीको इस्तानबुल सहरमा वर्ष खेलाडी अवार्ड प्रदान गरिने कार्यक्रममा यस वर्षको च्याम्पियन्स लिगको समूह विभाजन पनि भएको छ। गोलाप्रथामार्फत गरिएको ड्रमा साविक विजेता चेल्सी, इटालियन क्लब युभेन्टससँग समूह ‘एच’मा परेको छ।

Champions League Draw Goes Easy on Premier League Teams - The New York Times

त्यस्तै समूह ‘एच’मा रसियाको जेनिट तथा स्वीडेनको मालमो पनि रहेका छन्। गत सिजनको उप-विजेता म्यान्चेस्टर सिटी भने ‘ग्रुप अफ डेथ’ मानिएको समूह ‘ए’मा परेको छ। सिटीसँगै समूह ‘ए’मा फ्रेन्च क्लब पीएसजी, जर्मन क्लब आरबी लाइपजिग र बेल्जियमको क्लब ब्रुग रहेका छन्।

समूह ‘ए’को छिनोफानो लागेसँगै लियोनल मेस्सी (पीएसजी)को भेट आफ्ना पुरानो प्रशिक्षक पेप ग्वार्डियोला (म्यान्चेस्टर सिटी)सँग हुने पक्का भएको छ। यस पटकको ड्रमा दुई वटा समूह ‘ग्रुप अफ डेथ’ मा परेका छन्। समूह ‘बी’ पनि निकै कठिन ग्रुप बन्न पुगेको छ।

समूह ‘बी’मा सन् २०१८/१९ को च्याम्पियन्स लिग विजेता लिभरपुलसँगै वर्तमान ला-लिगा विजेता एथ्लेटिको मड्रिड, सन् २००४ को च्याम्पियन्स लिग विजेता एफसी पोर्टो तथा ७ पटक च्याम्पियन्स लिग विजेता एसी मिलान रहेका छन्।

त्यस्तै सर्वाधिक च्याम्पियन्स लिग विजेता रियल मड्रिड समूह ‘डी’मा वर्तमान सिरी-ए विजेता इन्टर मिलान, युक्रेनको क्लब शाखतार र पहिलो पटक च्याम्पियन्स लिगको समूह चरण पुग्न सफल एफसी शेरिफसँग परेको छ। समूह ‘ई’मा दुई बलिया टोली बायर्न म्युनिख र बार्सिलोनासँगै बेन्फिका र डाइनामो किभ रहेका छन्।

Group A and Group B in Champions League draw 2021/22- Which is the group of death? - Alley Sport

इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिश क्लब भिल्लारियलसँग गत सिजनको युरोपा लिग फाइनलको हारको बदला लिने मौका पाएको छ। युनाइटेड समूह ‘एफ’मा भिल्लारियल, इटालियन क्लब एटलान्टा तथा स्विस क्लब यङ ब्वाइजसँग परेको छ।

त्यस्तै अरु भन्दा अलि सजिलो मानिएको समूहहरु ‘सी’ र ‘जी’ रहेका छन्। समूह ‘सी’मा बलियो टोली बोरुसिया डर्टमन्डले स्पोर्टिङ्ग लिस्बन, आयाक्स र बेसिकटासको सामना गर्नेछ भने समूह ‘जी’मा वर्तमान फ्रेन्च लिग-१ विजेता लिलसँगै स्पेनिश क्लब सेभिया, अस्ट्रियन क्लब साल्जवर्ग र जर्मन क्लब वोल्फ्सबर्ग रहेका छन्।

च्याम्पियन्स लिगको समूह चरणका खेल आगामी सेप्टेम्बर १४ देखि सुरु हुनेछ। छ साता लामो चल्ने समूह चरणका खेल डिसेम्बर ८ मा सकिने तालिका रहेको छ। त्यसपछि राउण्ड अफ १६ का खेल फेब्रुअरी १५ देखि २३ सम्म संचालन हुनेछन्। त्यस्तै क्वार्टर फाइनलका पहिलो लेग अप्रिल ५-६ र दोस्रो लेग अप्रिल १२-१३ मा खेलिनेछन्।

यस पटकको अन्तिम चारका खेल अप्रिल २६-२७ र मे ३-४ मा खेलिनेछन र सन् २०२१/२२ को च्याम्पियन्स लिग फाइनल मे २८ मा रसियाको सेन्ट पिटर्सबर्गमा आयोजना हुनेछ।

2021–22 UEFA Champions League - Wikipedia

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?