युईएफए वर्ष खेलाडी अवार्ड (सम्पूर्ण जानकारी)

काठमाडौं। युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएको सन् २०२०/२१ वर्ष खेलाडीको अवार्ड इटाली तथा चेल्सीका मिडफिल्डर जोर्जिन्होले जितेका छन्।

बिहीवार टर्कीको इस्तानबुल सहरमा आयोजना गरिएको युईएफएको औपचारिक कार्यक्रममा पुरुषतर्फ जोर्जिन्हो उत्कृष्ट खेलाडी घोषित भएका हुन्। उनले सन् २०२०/२१ सिजनमा इंग्लिश क्लब चेल्सीसँग युईएफए च्याम्पियन्स लिग तथा राष्ट्रिय टोली इटालीसँग युईएफए युरो कपको उपाधि जितेका थिए।

Jorginho on his award and success with Chelsea and Italy | UEFA Champions League | UEFA.com

२९ वर्षीय जोर्जिन्हो एउटै वर्ष च्याम्पियन्स लिग तथा युरो कप उपाधि उचाल्ने मात्र १०औं खेलाडी पनि हुन सफल भएका थिए। उनले गत वर्षको उत्कृष्ट वर्ष खेलाडी उपाधि जित्ने क्रममा मनोनयनमा परेका चेल्सीका एन्गोलो कान्टे तथा म्यानचेस्टर सिटीका केभिन डे ब्राइनलाई पछि पारेका हुन्।

१) जोर्जिन्हो (चेल्सी र इटाली) १७५ अंक
२) केभिन डे ब्राइन (म्यान्चेस्टर सिटी र बेल्जियम) १६७ अंक
३) एन्गोलो कान्टे (चेल्सी र फ्रान्स) १६० अंक
४) लियोनल मेस्सी (बार्सिलोना, अहिले पीएसजी र अर्जेन्टिना) १४८ अंक
५) रोबर्ट लेवान्डोस्की (बायर्न म्युनिख र पोल्यान्ड) १४० अंक

त्यस्तै महिला तर्फको युईएफए वर्ष खेलाडीको उपाधि स्पेन तथा बार्सिलोनाकी मिडफिल्डर एलेक्सिया पुटेल्लासले जितेकी छिन्। बार्सिलोनाकी कप्तान पुटेल्लासले गत सिजन युईएफए महिला च्याम्पियन्स लिग उपाधि उचालेकी थिइन्।

पुटेल्लासले उत्कृष्ट वर्ष खेलाडी उपाधि जित्ने क्रममा स्पेन तथा बार्सिलोनाकी जेनी हर्मोसो तथा सन् २०१६/१७ की विजेता लिक मार्टेन्सलाई पराजित गरेकी हुन्। २७ वर्षीय पुटेल्लास वर्ष खेलाडी तथा उत्कृष्ट मिडफिल्डर दुवै अवार्ड जित्ने पहिलो खेलाडी भएकी छिन्।

१) एलेक्सिया पुटेल्लास (बार्सिलोना र स्पेन) ५० अंक
२) जेनी हर्मोसो (बार्सिलोना र स्पेन) ४२ अंक
३) लिक मार्टेन्स (बार्सिलोना र नेदरल्यान्ड्स) ४० अंक
४) भिभियाने मिएडेमा (आर्सनल र नेदरल्यान्ड्स) ३२ अंक
५) आइटना बोनमाटी (बार्सिलोना र स्पेन) २९ अंक

 

अन्य अवार्ड विजेता

युईएफए वर्ष प्रशिक्षक

Thomas Tuchel y Lluís Cortés, elegidos los mejores entrenadores de la UEFA

पुरुष: थोमस टुचेल (चेल्सी)
महिला: लुइस कोर्टेस (बार्सिलोना)

 

युईएफए च्याम्पियन्स लिग वर्ष खेलाडी

पुरुष

UEFA Champions League draw live: UEFA award winners for 2021 season

गोलरक्षक: एडुवार्द मेन्डी (चेल्सी)
डिफेन्डर: रुबेन डियास (म्यान्चेस्टर सिटी)
मिडफिल्डर: एन्गोलो कान्टे (चेल्सी)
फरवार्ड: अर्लिङ हालाण्ड (बोरुसिया डर्टमन्ड)

महिला

The women's Barça sweeps the UEFA Awards: They take all the trophies!

गोलरक्षक: सान्द्रा पानोस (बार्सिलोना)
डिफेन्डर: आइरिन पारेदेस (बार्सिलोना)
मिडफिल्डर: एलेक्सिया पुटेल्लास (बार्सिलोना)
फरवार्ड: जेनी हार्मोसो (बार्सिलोना)

 

युईएफए प्रेसिडेन्ट अवार्ड

Kjaer and Danish medics receive UEFA President's Award for saving Eriksen - Football Italia

सिमोन कायर र डेनिस मेडिकल टिम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?