हेर्नुहोस् आजको टप १५ हेडलाइन्स्(भिडियोसहित)

लोकपथ
56
Shares

१. १४ हजार ३७४ जनामा कोरोना परीक्षण गर्दा थपिए २ हजार ४३३ संक्रमित, १ हजार ९२९ जना संक्रमणमुक्त, २६ जनाको मृत्यु, काठमाडौं उपत्यकामा ७३३ जनालाई संक्रमण देखियो

२. सभामुख र निर्वाचन आयोगविरूद्ध कानुनी प्रतिवाद गर्ने नेकपा एमालेको निर्णय, १० बुँदे प्रस्तावलाई शीघ्र कार्यान्वयन गरिने, पार्टी परित्याग गर्ने माधव नेपाललगायतको अभिलेख हटाइने

३. एमसीसी सम्झौता परिमार्जन गर्नुपर्ने माधव नेपालको भनाई, ओली दक्षिणपन्थी भासमा फसेका कारण नयाँ पार्टी खोल्नु बाध्यता रहेको भन्दै थपे, थाक्नेहरू थाकिरहन्छन्, गुनासो छैन, अब सरकारमा सहभागि हुन्छौँ

४. प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यद्वारा पदभार ग्रहण, एक महिनामा विश्वासको मत लिनुपर्ने, निवर्तमान मुख्यमन्त्री राईले दिए शुभकामना

५. सभापति देउवाकै कारण क्रियाशील सदस्यताको विवाद देखिएको कांग्रेस नेता प्रकाशमान सिंहको आरोप, विवादलाई पार्टी सभापतिले जतिसक्दो छिटो प्रक्रिया अनुसार टुङ्ग्याउनुपर्ने भनाई

६. आगामी एक हप्ताभित्रै जसपा सरकारमा सहभागी हुने जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवको भनाई, महन्थ ठाकुर नेतृत्वको दल वर्तमान गठबन्धनमा नरहेकाले सरकारमा सहभागी हुन नसक्ने दाबी

७. वीरगन्जमा स्टिल फ्याक्ट्रीको फलाम पगाल्ने भट्टी विस्फोट हुँदा ११ मजदुर घाइते, ७ जना गम्भीर घाईतेको नारायणी बयोधा अस्पतालमा उपचार हुँदै, आगो नियन्त्रणमा आयो

८. कोरोना परीक्षणको नक्कली रिर्पोेट बनाइदिने शहीद गङ्गालाल हृदय रोग केन्द्रका कर्मचारीमाथि स्वास्थ्य मन्त्रालयले छानबिन सुरु गर्यो, विदेश जाने व्यक्तिमा सङ्क्रमण देखिए मोटो रकम लिएर नेगेटिभ रिपोर्ट दिने गरेको खुलाशा

९. महाकाली नदी तर्ने क्रममा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्ने गृहमन्त्रीको प्रतिबद्धता, प्रतिवेदन सार्वजनिक गर्न भइरहेको ढिलाइले दोषीलाई कारवाही हुनेमा परिवार सशंकित

१०. साताको अन्तिम कारोबार दिन सेयर बजारमा हरियाली, नेप्से परिसूचक १७.५७ अंकले बढेर ३हजार ९४.०१ मा पुग्यो, हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण

११. चैतसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी, आयोजनास्थलसम्म पुग्ने सडक र त्यहाँको संरचना मर्मत अघि बढाइने

१२. अफगानिस्तानको घटनाबारे सरकारले सावधानीपूर्वक हेरिरहेको भारतीय विदेशमन्त्रीको भनाई, आफ्नो नागरिकहरुको सुरक्षा सुनिश्चितताका साथै फिर्ता ल्याउन भारत सरकारको जोड

१३. अफगानिस्तान तालिबानद्वारा पत्रकारको हत्या, काबुलमा गरिबीबारे रिपोर्टिङ गर्दै गर्दा गोली हानेर हत्या गरिएको दाबी मानिसहरु त्रासमा

१४. एएफसी महिला एसियन कप २०२२ मा छनोट हुने लक्ष्य लिएको नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सको भनाई, नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ गते जेएआर स्टेडियममा हुने

१५. एसिया छनोट रद्द भएपछि नेपालले यू १९ विश्वकप खेल्न नपाउने, यू १९ एसिया क्षेत्र छनोटका खेल कोरोना महामारीका कारण रद्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?