काठमाडौं । बिहीबार निधन भएका प्रगतिशील, जनवादी गायक जेबी टुहुरेको अन्तिम बिदाइ गरिएको छ ।
काठमाडौंको पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा नेताहरु एवं शुभेच्छुकहरुले बिदाइ गरेका हुन् ।
टुहुरेको अन्तिम संस्कार पशुपतिमा गरिने बताइएको छ ।
डेढ सयभन्दा बढी गीत गाएका टुहुरेका सबैभन्दा चर्चित गीत – ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’, ‘बसाइँ हिँड्नको ताँतीले बस्नेको मन रुँद छ, लाखौंको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’, ‘छोराहरु हो, छोरीहरु हो बीर छोरा छोरी हो’, ‘दुःखको बोझलाई बिसाउन चौतारी बनाउँ है’ जस्ता गीतहरु लोकप्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया