ललितपुर । ललितपुरको इमाडोलमा संचालित जुवा खालमा प्रहरीले छापा मारेको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले खालमा रकम हार–जित हुनेगरी जुवा खेलिरहेका ११ जना जुवाडेलाई पक्राउ गरिएको बताइन् ।
उनका अनुसार पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका घर भएका अमित कुमार केसी, सन्तोष केसी, अनिल महर्जन, केदार नेपाल, दिनेश केसी र ललितपुरको गिम्दी घर भएका सरोज कुमार रुम्बासहित ११ जना छन् ।
जुवा खालबाट २ लाख ३४ हजार नगद र २० हजारको चेक बरामद गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया