ज्यान जोगाउन गायकले खोले तरकारी पसल

लोकपथ
806
Shares

अफगानिस्तानमा तालिबानको उदय भएसँगै गीत सङ्गीतमा लगाएको प्रतिबन्धका कारण एक चर्चित गायकले तरकारी बेच्न थालेका छन् ।

हेल्मण्ड प्रान्तका हबी बुल्लाह शबाब राष्ट्रिय स्तरकै चर्चित गायक मानिन्थे । अफगानिस्तानमा तालिबानको उदय भएसँगै गीत सङ्गीतमा प्रतिबन्ध लगेपछि उनले बाध्य भएर तरकारीको व्यापार थालेका हुन् । गीत सङ्गीतमा प्रतिबन्ध लागेपछि आफ्नो जीविकोपार्जन नहुने र गीत सङ्गीतको क्षेत्रमा लागेमा तालिबानले कारबाही गर्ने आशङ्काले गर्दा पनि हबी बुल्लाहले तरकारी पसल खोलेका हुन् ।

तालिबानले अफगानिस्तानको सत्तामा कब्जा गर्न थालेपछि पहिलाका गतिविधिलाई आधार बनाएर हत्या गर्न सक्ने आशङ्कामा राष्ट्रपति, राजनेता, सांसद र विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरूले देश छोडिसकेका छन् । अफगानिस्तानकै चर्चित पप गायिका आर्याना सईदले पनि हालै काबुल छोडेर अमेरिकामा शरण लिएकी छिन् ।

तालिबानले मनोरञ्जनका विभिन्न क्षेत्रमा लागेका केही कलाकारहरूलाई पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?