एनसेलसँगको सहकार्यमा भायानेटले ल्यायो पर्पल प्याक, के-के छन् सुविधा ?

लोकपथ
156
Shares

काठमाडौं । भायानेटले पर्पल प्याक अफर ल्याएको छ ।

भायानेट इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्र्रदायकले आफ्ना ग्राहकहरुलाई सेवाहरु र अफरहरु प्रदान गर्ने क्रममा एनसेलसँगको सहकार्यमा भायानेटले अल इन वान, भायानेट पर्पल प्याक ल्याएको छ ।

यस अफर अन्तर्गत ८० एमबिपिएस भायानेट इन्टरनेट लिँदा ग्राहकहरुले १७५ भन्दा बढी च्यानल भएको भायाटिभीसँग–सँगै एनसेल सिम सित्तैमा पाउने कम्पनीले जानकारी दिएको छ । यस सिम मार्फत ग्राहकहरुले प्रत्येक महिना ४ जीबीका दरले एक वर्षसम्म ४८ जीबी मोबाइल डेटा सित्तैमा पाउन सक्ने विज्ञाप्तीमा उल्लेख गरिएको छ ।

त्यस्तै गरी, यो सिम मार्फत ग्राहकहरुले अन्य एनसेल नम्बरमा कल गर्नका लागि मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको १ जीबी थप निःशुल्क मोबाइल डेटा जस्ता उत्कृष्ट र उपयोगी सुविधाहरु पनि पाउने कम्पनीले जनाएको छ ।

त्यसैगरी यी सबै सुविधाहरु ग्राहकहरुले जम्मा मासिक १६०० मा पाउन सक्ने पनि कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार यो अफर भायानेटको १०० एमबिपिएस इन्टरनेटमा पनि उपलब्ध हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?