काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार ४३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ३७४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा २ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै आज देशभर एक हजार ९२९ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। त्यसैगरी पछिल्लो २४ घण्टामा २६ एक जना संक्रमितको मृत्यु भएको छ।
देशभर ३८ हजार ३८४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३५ हजार ३५४ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा ३ हजार ३० संक्रमित छन् भने ६२० जना आइसियुमा र १६५ जनाको भेन्टिलेटरमा राखि उपचार भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया