काठमाडौं । नेकपा एमाले निर्वाचन आयोगविरुद्ध अदालत जाने निर्णग गरेको छ ।
आज लालितपुुरको तुलसीलाल स्मृति प्रतिष्ठानको भवन च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकले निर्वाचन आयोगविरुद्ध अदालत जाने निर्णग गरेको हो ।
पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार पार्टीले कारबाही गरेका सांसदहरूलाई सनाखत गराएर नयाँ दल दर्ता गरेको भन्दै आयोगविरुद्ध अदालत जाने निर्णय भएको हो ।
‘निर्वाचन आयोगबाट विवादास्पद क्रियाकलाप भएका छन् । त्यहाँबाट पार्टीले कारबाही गरेका, उपस्थित नै नभएकालाई सनाखत गराउने भएको छ।’, उनले भने,’अर्कोतिर सभामुखले पार्टीको पत्र अनुसार कारबाहीको सूचना टाँस नगरेर गम्भीर गल्ती गर्नुभएको छ । त्यसविरुद्ध पनि हामी कानुनसम्मत र संसदीय अभ्यास अनुसारको विरोध गर्छौँ।’
त्यस्तै बैठकले १० बुँदेलाई तत्कालाई कार्यान्वयनमा लैजाने निर्णय पनि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया