माधवकुमार नेपालसहितका नेताहरुको नाम अभिलेखबाट हटाउने एमालेको निर्णय

लोकपथ
455
Shares

काठमाडौं । पार्टी विभाजन भइसकेपछि नेकपा एमालेले माधवकुमार नेपालसहितका नेताहरुको नाम अभिलेखहरुबाट हटाउने भएको छ ।

बिहीबार ललितपुरको तुल्सीलाल स्मृती प्रतिष्ठान भवनमा बसेको केन्द्रीय कमिटी बैठकले नेपालसहितका नेताहरुको अभिलेख पार्टीबाट हटाउने निर्णय गरेको हो ।

बैठकबारे जानकारी दिँदै एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले भने–‘पार्टी परित्याग गर्दै नयाँ दल खोल्नेहरुको पार्टी अभिलेखबाट नाम हटाउने र निर्वाचन आयोगलाई जानकारी दिने निर्णय भएको छ ।कसैले भुल महसुस गरेर सच्याउन चाहेर आएमा ढोका खुल्लै राख्ने निर्णय भएको छ ।’

त्यसैगरी आजको बैठकले निर्वाचन आयोगबाट सनाखत गर्ने क्रममा विवादास्पद निर्णयहरु भएको भन्दै त्यसविरुद्ध कानुनी लडाई लढ्ने समेत निर्णय भएको प्रवक्ता ज्ञवालीले बताए ।

त्यसैगरी आजको बैठकमा सभामुखको भूमिका, राजनीतिक दलसम्बधी अध्यादेश लगायतक विषयहरुमा समेत छलफल भएको उनले बताए ।

पार्टीले कारबाही गरेको र अनुपस्थित भएकाहरुलाई समेत आयोगले मान्यता दिएको भन्दै पार्टीले कानुनी उपचार खोज्ने निर्णयमा पुगेको उनको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?