कर्मचारीमा काेराेना संक्रमण पुष्टि भएपछि मालपोत बन्द

लोकपथ
1.3k
Shares

वालिङ । मालपोत कार्यालयका कर्मचारीमा कोभिड-१९को संक्रमण देखिएपछि कार्यालय बन्द गरिएको छ।

कार्यालयमा रहेका १२ कर्मचारीमा एन्टिजेन परीक्षण गराउँदा पाँचमा कोभिड-१९ पुष्टि भएपछि बुधबारदेखि सम्पूर्ण सेवा बन्द गरिएको कार्यालय प्रमुख रवीन अधिकारीले बताए।

कर्मचारीमा ज्वरो आउने, जिउ दुख्ने, रुघाखोकी लाग्नेजस्ता लक्षण देखिएपछि स्थानीय प्राथमिक अस्पतालमा परीक्षण गराउँदा सङ्क्रमण पुष्टि भएकाले जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा कार्यालय बन्द गरिएको उनको भनाइ थियो। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?