हामी कम्युनिष्ट पार्टी छोड्दैनौँ : माधवकुमार नेपाल

लोकपथ
156
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीले मात्रै जनताको समस्या समाधान गर्ने बताएका छन् ।

बिहीबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले आफूहरुले कम्युनिष्ट पार्टी नछोड्ने बताउँदै सो कुरा बताएका हुन् ।

‘हामी कम्युनिष्ट पार्टी छोड्दैनौ, कम्युनिस्ट पार्टीले मात्रै जनताको समस्या सम्बोधन गर्छ’ अध्यक्ष नेपालले भने ।

भौतिक पूर्वाधारको विकास गर्दा हावादारी योजना अघि नसार्ने भन्दै ओलीले अघि सारेका पानी जहाज र रेलका सपना नबाँड्ने तर किसानहरुलाई जग्गाको मालिक बनाउने प्रतिवद्धता व्यक्त गरे ।

‘हामी अवश्य पनि किसानलाई जग्गाको मालिक बनाउनेछौ ।’ उनले भनेका छन् ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता नेपालले आफूहरु ५ दलीय गठबन्धन बनाएर सरकारमा सामेल हुने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?