एसियन कप-२०२२ मा छनोट हुने हाम्रो लक्ष्य हो : प्रशिक्षक फिलिप्स

लोकपथ
119
Shares

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी महिला एसियन कप-२०२२ मा छनोट हुने लक्ष्य लिएको बताएका छन् ।

बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा पत्रकारहरुसँग कुरा गर्दै प्रशिक्षक फिलिप्सले एसियन कपमा छनोट लक्ष्य लिएको बताएका हुन् ।

नेपाली महिला टिमले एसियन कपका लागि उज्वेकिस्तानमा आयोजना हुने छनोट प्रतियोगितामा सहभागिता जनाउनेछ । छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ ।

नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ । नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ (असोज-२) गते जेएआर स्टेडियममा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?