‘ओलीले झिनो मतले नवौँ महाधिवेशन जिते, अनि…’

लोकपथ
5.3k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले नवौँ महाधिवेशनबाट नेतृत्वमा आएसँगै आफूलाई सर्वशक्तिमान ठान्न थालेको आरोप लगाएका छन् ।

बुधबार नयाँ दलको मान्यता पाएसँगै आज पत्रकार सम्मेलन गर्दै ओलीले झिनो मतले मात्र विजयी भएको समेत बताए ।

‘केपी शर्मा ओली नवौँ महाधिवेशनबाट जितेर आउनु भएको हो । झिनो मतले मात्रै व्यक्ति हो ।’ नेपालले भने ।
त्यस्तै ओलीले नेतृत्वमा आएसँगै आफ्ना प्रशंसा गर्ने कार्यकर्ताहरुलाई मात्रै अवसर दिने गरेको आरोप लगाए ।

अध्यक्ष नेपालले भने( ‘तर उहाँले आफूलाई सर्वशक्तिमान ठान्न थाल्नुभयो । उहाँको वरिपरि प्रशंसाको फुल पारेर नाच्नेहरुका लागि स्थान दिनु भयो ।’

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले केही साथीहरु आन्दोलनबाट पछि हटेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?