माधवकुमार नेपालले भने- ‘हामीले नयाँ अध्यायको सुरु गर्‍यौँ’

लोकपथ
143
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नयाँ अध्यायको सुरु गर्न लागेको बताएका छन् ।

बुधबार नयाँ पार्टीको नयाँ आधिकारिकता पाएसँगै बिहीबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका छन् ।

एमालेबाट ठूलो विद्रोह गरेर आफूहरुले नयाँ पार्टी खोल्न पुगेको बताए ।

‘नयाँ अध्यायको सुरु गर्न गइरहेका छौँ । नेकपा एमालेबाट बिद्रोह गरेर नयाँ पार्टी गठन गर्ने अवस्थामा पुगेका छौँ ।’ अध्यक्ष नेपालले भने ।

त्यसैगरी आजसम्मको बाटो सहज नभए पनि आफूहरु अफ्ठ्याराहरु भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?