फोटो खिचाउन गएकी मोडललाई चितुवाले गर्‍यो आक्रमण

लोकपथ
203
Shares

काठमाडौं । जर्मनीमा चितुवाको आक्रमणमा परी एक ३६ वर्षीय मोडल गम्भीर घाइते भएकी छन् । उनी फोटो खिचाउन त्यहाँ गएको बुझिएको छ ।

जेसिका लाइडोल्फ नामकी उक्त मोडलको टाउकोमा गम्भीर चोट लागेको जर्मनीबाट प्रकाशित हुने बिल्ड पत्रिकाले जनाएको छ ।

प्रहरीका अनुसार उक्त घटना मङ्गलवार भएको थियो र ती मोडललाई अस्पताल लगिएको छ ।

घटना हुँदा उनी त्यहाँ के प्रयोजनका लागि तस्बिर खिचाउन गएकी थिइन् र त्यसको व्यवस्थापन कसले गरेको थियो भन्ने खुलेको छैन।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?