टुहुरेको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

लोकपथ
364
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कलाकार एवं जनगायक जुठबहादुर खड्की (जेबी टुहुरे) को निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री देउवाले टुहुरेको निधनबाट स्तब्ध भएको बताएका छन् ।

‘कलाकार जुठबहादुर खड्की (जेबी टुहुरे)को निधनको खवरले निकै स्तव्ध भएको छ ।’ प्रधानमन्त्री देउवाले भनेका छन् ‘उहाँको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’

बयोधा अस्पतालमा स्ट्रोक रोगका कारण उपचाररत टुहुरेको ७८ वर्षको उमेरमा बिहीबार निधन भएको हो ।

करिब तीन हप्ता पहिले स्ट्रोकले घरमै लडेपछि उनलाई उपचारका लागि बल्खु स्थित बयोधा अस्पतालमा भर्ना गरिएको थियो ।

डेढ सयभन्दा बढी गीत गाएका टुहुरेका सबैभन्दा चर्चित गीत – ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’, ‘बसाइँ हिँड्नको ताँतीले बस्नेको मन रुँद छ, लाखौंको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’, ‘छोराहरु हो, छोरीहरु हो बीर छोरा छोरी हो’, ‘दुःखको बोझलाई बिसाउन चौतारी बनाउँ है’ जस्ता गीतहरु लोकप्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?