नवनियुक्त मुख्यमन्त्री आचार्यद्वारा पदभार ग्रहण, शेरधनले दिए बधाई

लोकपथ
0
Shares

काठमाडौं । प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गरेका छन् ।

आजै मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले सोमनाथ अधिकारी प्यासीबाट पद तथा गोपनियताको सपथ लिएका थिए ।

त्यससँगै आज प्रदेश नं १ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । सोही क्रममा निवर्तमान मुख्यमन्त्री शेरधन राई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

एमाले विभाजन भएसँगै त्यसको प्रत्यक्ष असर प्रदेशमा पनि देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?