युरोप पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जना पक्राउ

लोकपथ
98
Shares

काठमाडौं । युरोप पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

६ जना व्यक्तिहरुसँग ६ लाख रुपैयाँ उठाई ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका–३ घर भएका ३३ वर्षीय पोश बहादुर सुनुवारलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–९ ज्याम्दी बस्ने ३० वर्षीय पुरुष समेत ६ जनालाई वर्किङ भिषामा युरोपियन देश लिथुनिया जान प्रतिव्यक्ति ७ लाख रुपैयाँ लाग्ने र लिथुनिया पुगेपछि होटलमा काम लगाइदिन्छु भनी विश्वासमा पारी ६ जनाबाट प्रति व्यक्ति १ लाखको दरले ६ लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेको घटनामा संलग्न उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धानका लागि लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?