१८ वर्षीया किशोरीमाथि सामूूहिक बलात्कार

लोकपथ
42
Shares

दाङ । दाङमा १८ वर्षीया किशोरीमाथि सामूूहिक बलात्कार भएको छ । बलात्कार गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ समेत गरेको छ ।

पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–१ बस्ने २० वर्षीय सागर नेपाली र १८ वर्षीय किशोर रहेका छन्।

उनीहरुले ती किशोरीलाई ललाइ फकाई नजिकै रहेको खेतबारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?