प्रदेश–१ का मुख्यमन्त्री आचार्यका भाइ घरमै मृत भेटिए

लोकपथ
175
Shares

विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यका भाइ मृत भेटिएका छन् ।

मुख्यमन्त्री आचार्यका ५९ वर्षीय भाइ रामप्रसाद आचार्य घरमै मृत भेटिएका हुन् ।

प्रहरी कार्यालय सुनसरीका अनुसार बिहीबार बिहान उनी इनवरुवा नगरपालिका– ३ स्थित घरमा मृत भेटिएका हुन् ।

मृत भेटिएको सूचना पाएपछि प्रहरी टोली उनको घर पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?