काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बसेको छ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा आज मध्यान्ह १२ बजेका लागि बोलाइएको बैठक केही ढिला गरि सुरु भएको हो ।

आजको बैठकका लागि मुख्य तीन एजेण्डाहरु तय भएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार १० बुँदे प्रस्ताव सम्बन्धी स्थायी कमिटीको निर्णय अनुमोदनदेखि पार्टी एकताको विपक्षमा उभिनेहरुलाई कारबाही गर्नेसम्मका एजेण्डाहरु रहेका छन् ।
के के छन् एजेण्डाहरु ?
१.१० बुँदे कार्यान्वयन प्रस्ताव सम्बन्धी स्थायी कमिटीको निर्णय अनुमोदन
२. पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे
३. पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यहरुको कारबाही प्रक्रिया अघि बढाइने
पार्टी विभाजनपछिको यो पहिलो केन्द्रीय कमिटी बैठक हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया