सुनसरीमा एकैदिन ८३ जना फरार प्रतिवादी पक्राउ

लोकपथ
28
Shares

सुनसरी । सुनसरीमा एकैदिन ८३ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला अदालत सुनसरीबाट विभिन्न मुद्दामा कैद वा जरिवाना ठहर भई हालसम्म फरार रहेका उनीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

फैसला कार्यान्वयनको सिलसिलामा पक्राउ परेका ८३ जना समेत गरी चालु आव २०७८/०७९ मा ३ सय ८३ जनाबाट ८० वर्ष २ महिना २३ दिन कैद र १४ लाख ७९ हजार ५ सय रुपैयाँ जरिवाना असुल गरी फर्छ्योट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा गर्भपतन, मानव वेचविखन, सवारी ज्यान, लागूऔषध, जबरजस्ती करणी , अपहरण, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, सम्वन्ध विच्छेद, भ्रष्टाचार, गाली बेइजती आदि मुद्दाका फरार प्रतिवादीहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?