घाँस काट्न गएकी १४ वर्षीया किशोरी बलात्कृत

लोकपथ
350
Shares

बर्दिया । बर्दियामा घाँस काट्न गएकी एक १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

बलात्कारकाे अभियोगमा गुलरिया नगरपालिका–७ चौगुर्जी बस्ने १७ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई खेतमा घाँस काट्न गएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?