१७ माघ २०७९, मंगलवार

मिर्गाैला रोगीलाई रु १० लाख सहयोग

२०७४,आश्विन,२३,सोमवार ०५:४५

0
Shares

रत्ननगर, चितवन, २३ असोज ।दुवै मिर्गाैला बिग्रिएर सहयोगको प्रतिक्षामा रहेका चितवनको खैरहनीका हरेराम महतोको उपचारका लागि देश विदेशबाट रु १० लाख बढी आर्थिक सहयोग प्राप्त भएको छ ।चितवनकोे सिर्जनशील थारु समाजले शुरु गरेको ‘हरेराम बचाउ अभियान’ मार्फत अहिलेसम्म करिब रु १० लाख सहयोग संकलन गरी परिवारलाई हस्तान्तरण गरेको समाजका अध्यक्ष कारी महतोले जानकारी दिए।वैदेशिक रोजगारको क्रममा साउदी अरब पुगेका चितवनको खैरहनी नगरपालिका–१ बहेराका हरेराम महतोको दुवै मिर्गाैला काम नलाग्ने भएपछि उनी घर फर्किएका थिए ।३५ वर्षीय हरेराम महतोको काठमाडौँस्थित वीर अस्पतालमा उपचार भइरहेको छ । डाइलासिस भने चितवनको भरतपुर अस्पतालमा भइरहेको छ । उनको उपचारका लागि आएको सम्पूर्ण रकम रु १० लाख ४० हजार परिवारलाई हस्तान्तरण गरिएको र अझै सहयोग आउने क्रम जारी रहेको अभियन्ता कारी महतोले बताए ।उनको उपचारका लागि पोर्चुगलबाट रु दुई लाख, दक्षिण कोरियाबाट रु ८० हजार, अष्ट्रेलियाबाट दुई पटक गरी रु ७५ हजार, अमेरिकाबाट रु एक लाख ३५ हजार, क्यानडाबाट रु ४० हजार तथा साउदी, युएई, कतार र मलेसियामा रहेका नेपालीबाट उक्त रकम सहयोग भएको हो ।पाँच महिना अघि बिरामी भएका उनलाई आफ्नै श्रीमती विन्दुले मिर्गौला दिने तयारी गरिएको छ । उनको मिर्गौला प्रत्यारोपणको तयारी गरिए पनि हेमोग्लोविन कमी भएकाले हुन नसकेको चिकित्सकको भनाइ उद्धृत गर्दै हरेराम महतोले जानकारी दिए । उपचारका लागि आर्थिक सहयोग गर्नुहुने सबैलाई उनले धन्यवाद दिए ।

प्रकाशित मिति: २०७४,आश्विन,२३,सोमवार ०५:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल र नेपाली डायस्पोरामा मानसिक स्वास्थ्यको समस्या विकराल बन्दै गएको भन्दै स्वास्थ्य विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

पछिल्लो समय नेपालसहित विश्वाभर नै बाँझोपन अर्थात् निःसन्तानको समस्या बढ्दो छ । पुरुषमा यौन इच्छाको कमी, यौनशक्तिको कमी, वीर्य स्खलन

नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अर्न्तगत यो शनिवार (पुस ३० गते) पहिलोपटक कलेजो सम्बन्धी समस्या भएकाहरुले निःशुल्क परामर्श सेवा

एम.भी. दुगड ग्रुप अध्यक्ष मोतीलाल दुगडको ७६ औं जन्म उत्सवको अवसरमा दुगड ग्रुपको हाइड्रोपावर तथा प्रशारण लाईन सञ्चालित रामेछाप तथा

ताजा समाचार

दूधको मूल्य बढाउन माग
 २०७९,माघ,१७,मंगलवार ११:५४
एशियन हाइड्रोपावरको आईपीओ आउँदै
 २०७९,माघ,१७,मंगलवार ११:५२
गाउँमै स्वास्थ्य सेवाको पहुँच
 २०७९,माघ,१७,मंगलवार ११:३८