काठमाडौं । तालिबानले अफगानिस्तानमा कब्जा गरेसँगै अवस्था सामान्य छैन । मानिसहरुमा त्रास फैलिएको छ । धेरै मानिसहरु देश छोडेर भागेका छन् ।

यसैबीच अफगानिस्तानकी चर्चित पप स्टार अर्याना सईद पनि देश छोडेर भाग्न बाध्य भइन् ।

उनले अफगानिस्तान छोडेर गएपछि अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोएटर्ससँग बोल्दै तालिबानका कारण आफूले भोगेको दुख र देशबाट कसरी भागेको बारेमा बताएकी छिन् ।

‘१४ अगस्टमा फोन आएको थियो तालिबानहरुले काबुलमा कब्जा गर्दैछन् भनेर । तालिबानहरुले काबुलमा कब्जा गर्नु अघि नै एयरपोट गएको थिए तर सबै फ्लाइटहरु बन्द थिए । फेरी फर्कीएर आफन्तको गएर बसे । पछि तालिबानहरुले काबुलमा कब्जा गरे । आँखामात्रै देखिने गरेर कपडा लगाए । एयरपोर्टसम्म जाँदा एक ठाँउमा चेक भयो म सवार गाडीमा बच्चा पनि थिए । बच्चासँगै भएका कारण मलाई जानु भन्यो अनि हामी गयौ । अमेरिकी सेनाको विमानमा बसेर देशबाट भागे ।’

- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया