काठमाडौं । प्रदेश नं १ को मुख्यमन्त्रीमा नवनियुक्त एमाले संसदीय दलका नेता भीम आचार्य नियुक्त भएका छन् ।
आजै प्रदेश नं १ को संसदीय दलको नेतामा चयन भएका आचार्य मुख्यमन्त्री नियुक्त भएका हुन् ।
निवर्तमान मुख्यमन्त्री शेरधन राईको राजीनामा स्वीकृत हुने बित्तिकै आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । केहिबेरअघि आचार्य मुख्यमन्त्री नियुक्त भएको राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।
निवर्तमान मुख्यमन्त्री राईकै प्रस्तावमा आचार्य मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्री नियुक्त भएसँगै विधानतः एक महिनामा उनले विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ ।
केन्द्रमा एमाले विभाजन भएसँगै राई अल्पमतमा परेका थिए । माधवकुमार नेपाल छोडेर मध्यमार्गी बाटो समातेका नेताहरु एमालेमा समाहित भएसँगै आचार्यलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया