प्रदेश नं १ एमाले संसदीय दलको नेतामा भीम आचार्य सर्वसम्मत

लोकपथ
195
Shares

काठमााडौं । नेकपा एमाले प्रदेश नं १ को संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् ।

आज बसेको एमाले संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलको नेता चयन गरेको हो । यसअघिका मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मत संसदीय दलको नेता चयन भएका हुन् ।

केन्द्रमा नेकपा एमाले विभाजन भएसँगै त्यसको प्रत्यक्ष असर प्रदेश नं १ मा समेत देखिएको हो । एमाले विभाजनपछि मुख्यमन्त्री राई अल्पमतमा परेपछि तेस्रो धारका नेता आचार्यलाई नयाँ सरकारको नेतृत्व गर्ने उदेश्यले संसदीय दलको नेतामा चयन गरिएको हो ।

माधवकुमार नेपाल पक्षमा रहेका आचार्य पार्टी विभाजन हुँदा तेस्रो धारमा रहि अन्ततः एमालेमा विलय भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?