काठमाडौं । गत जुलाई देखी बलिउड एक्ट्रेस शिल्पा शेट्टीको परिवार तनावमा छ । एक्ट्रेस शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा पोर्नोग्राफी केसमा पक्राउ परेका थिए ।
हालसालै शिल्पा शेट्टीले एक पोस्टमा लेखेकी छिन् – ‘हरेक व्यत्तिले आफ्नो लाइफको हरेक पल ईन्जोय गर्नुपर्छ र जस्तो अवस्थामा पनि जिउन सिक्नुपर्छ ।’

राज कुन्द्रा पोर्नोग्राफी केसमा हिरासतमा रहेका छन् तर नायिका शिल्पा सेट्टी भने आफ्नो काममा फर्किएकी छिन् । राज पक्राउ परेको ३ सातापछि शिल्पा काममा फर्किएकी थिइन् ।
शिल्पाका पति राज जुलाई १९ मा प्रहरीले पक्राउ गरेपछि शिल्पाले ३ हप्तासम्म आफ्नो काम छाडेकी थिइन् । उनी, ‘सुपर डान्सर सिजन ४’ को सेटमा फर्किसकेकी छिन् ।
यो पनि पढ्नुहोस् : काममा फर्किइन् शिल्पा शेट्टी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया