काठमाडौं । गण्डकी लुम्बिनीपछि प्रदेश नं १ को राजनीतिमा हलचल आउने भएको छ ।
केन्द्रमा नेकपा एमाले विभाजन भएसँगै त्यसको प्रत्यक्ष असर प्रदेश नं १ मा समेत परेको छ ।
एमाले विभाजनपछि केपी शर्मा ओली निकट मुख्यमन्त्री शेरधन राई अल्पमतमा परेका छन् । त्यससँगै नयाँ सरकार गठन साथै आगामी रणनीति तयार गर्ने विषयमा छलफलका लागि एमाले संसदीय दलको बैठक बोलाइएको छ । उक्त बैठकमा तेस्रो धार अर्थात माधवकुमार नेपाललाई साथ नदिई एमालेमा विलय भएका भीम आचार्यलाई संसदीय दलको नेता बनाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।
संसदीय दलको नेता नै सरकार प्रमुख बन्ने कानुनी प्रावधान अनुसार नेता आचार्यलाई मुख्यमन्त्रीको सिफारिस गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।
यता बागमती प्रदेशमा जस्तै मुख्यमन्त्री राईलाई राजीनामा दिन लगाएर आचार्यलाई मुख्यमन्त्रीको प्रस्ताव गर्न लागिएको हो ।
बागमती प्रदेशमा मुख्यमन्त्रीमा डोरमणी पौडेल अल्पमतमा परेपछि उनलाई राजीनामा दिन लगाएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री नियुक्त गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया