काठमाडौं । प्रहरीले १० किलो चरेससहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
नवलपरासीको पंचपेडा प्रहरी चौकीको ड्यूटी टोलीले प्रतापपुर गाउँपालिका वडा नं ४ बर्दघाटे पुलस्थित एक पैदल यात्रीबाट चेकजाँचको क्रममा अवैध लागुऔषध चरेससहित भारत उत्तरप्रदेश महाराजगंज जिल्ला भगतपुरवाका ३७ वर्षीय राजेश यादवलाई बिहीबार बिहान ५ बजे पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रवक्ता राजु लामाले कालो झोलामा चरसलाई पेपरमा बेरी टेपले बाधेर इटा जस्तो देखिने २६ वटा लुकाएर राखेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई अहिले इलाका प्रहरी कार्यालय बेलाटारीमा राखेर जिल्ला अदालत नवलपरासी पश्चिमबाट म्याद थप गरी लागुऔषध ऐन २०३३ अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता लामाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया