‘बाबा मेरो मृत्युको बदला जसरी पनि लिनुहोस्’ यस्तो सुसाइड नोट लेखेर १५ वर्षीया किशोरीले गरिन् आत्महत्या

लोकपथ
1.8k
Shares

काठमाडौं । १५ वर्षीया एक किशोरीले आफ्नै कोठामा झुन्डीएर आत्महत्या गरेकी छिन् । उनले आफ्नै कोठामा सुसाइड नोट लेखेर आत्महत्या गरेकी हुन् ।

यो घटना भारतको उत्तर प्रदेशको जौनपुरको हो । १५ वर्षीया किशोरीले आफ्नै घरको कोठामा झुन्डीएर आत्महत्या गरेकी हुन् ।

सुसाइड नोटमा उनले लेखेकी छिन् -‘मेरो मृत्युको जिम्मेवार रुस्तम हो । उसले मेरो जिन्दगीसँग खेलवाड गर्‍यो । मसँग धेरै गलत काम गर्‍यो । बाबा मेरो मृत्युको बदला हजुरले जसरी पनि लिनुहोला ।’

Marathi Art Director Raju Sapte Found Dead at His House After Recording Video And Naming a Man For Harassment

किशोरीको बाबुको उजुरी पछि भारतीय प्रहरीले रुस्तमलाई पक्राउ गरी अनुसन्धान थालेको बताएको छ ।

मंगलबार किशोरी खाना खाएर आफ्नो कोठामा सुत्न गएकी थिइन् । बुधबार धेरै बेरसम्म पनि छोरी न उठेपछि उनको आमाले ढोका फोडेर कोठा भित्र पस्दा छोरी झुन्डीएको अवस्थामा थिइन् ।

लगत्तै उनहिरुले प्रहरीलाई खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?