होबार्ट हरिकेन्स र सन्दीपबीच सम्झौता नवीकरण

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर तथा ग्लोबल आइकन सन्दीप लामिछानेले अस्ट्रेलियन बिग ब्यास लिग (बीबीएल) टोली होबार्ट हरिकेन्ससँग सम्झौता नवीकरण गरेका छन्।

गत वर्ष होबार्टबाट बीबीएल खेलेका सन्दीपले ८ खेलमा ८ विकेट लिन सफल भएका थिए। उनले आगामी ११औं सिजनको बीबीएल पनि होबार्टमै बिताउने पक्का भएको छ।

Sandeep Lamichhane made his first appearance of the tournament, Hobart  Hurricanes vs Melbourne Stars, Blundstone Arena, BBL 2020-21, January 2,  2021

होबार्ट हरिकेन्समा यस सिजन तिब्र गतिका अस्ट्रेलियन बलर स्कट बोल्याण्ड सहित टिम डेभिड, पिटर ह्याण्डस्कोम्ब, बेन मेकडर्मोट, रिले मेरेडिथ, ड आर्सी शर्ट तथा म्याथ्यु वेड जस्ता खेलाडी देखिनेछन्। होबार्टले ११औं सस्ंकरणको बीबीएलको लागि सम्झौता नवीकरण गरेको सन्दीप पहिलो विदेशी खेलाडी हुन्।

सन्दीपले यसअघि बीबीएलको आठौं तथा नवौं सिजन मेलबर्न स्टार्सको प्रतिनिधित्व गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?