ब्रेमरमाथि बायर्नको एक दर्जन गोल

काठमाडौं। जर्मन कप अर्थात् डिएफबी पोकालको पहिलो चरणको खेलमा बुन्डेस लिगा विजेता बायर्न म्युनिखले पाँचौं डिभिजनको टोली ब्रेमरमाथि १२-० गोलको फराकिलो जित दर्ता गरेको छ।

बुधवार राति ब्रेमरको घरेलु मैदानमा खेलिएको खेलमा बायर्नले सन् १९७७ पछिको आफ्नो पहिलो सर्वाधिक अन्तरको जित दर्ता गरेको हो। बायर्नका लागि स्ट्राइकर एरिक म्याक्सिम चुपो मोटिङले चार गोल प्रहार गरेका थिए।

B/R Football on Twitter: "FT: Bremer 0-12 Bayern 😳… "

पहिलो हाफमा ५ गोलको अग्रता लिएको बायर्नले दोस्रो हाफमा अर्को ७ गोल थपेको थियो। बायर्नका लागि युवा खेलाडी जमाल मुसियालाले २ गोल गरेका थिए। त्यस्तै लेरोय साने, बाउना सार, कोरेन्तिन तोलिस्सो, मिचेल कुइसान्से तथा मालिक तिलमानले समान १-१ गोल गर्न सफल भएका थिए।

ब्रेमरका जान लुका वार्मले खेलको २७औं मिनेटमा आत्मघाती गोल गर्दा उगो नोबिलले खेलको ७७औं मिनेटमा रातो कार्ड प्राप्त गरेका थिए। यस जितसँगै बायर्न म्युनिख डिएफबी पोकालको दोस्रो चरणमा प्रवेश गरेको छ।

Four observations from Bayern Munich's dominant 12-0 win over Bremer SV -  Bavarian Football Works

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?