तेस्रो टेस्टमा इङ्ल्यान्डको दमदार सुरुवात, भारत ७८ रनमै अलआउट

काठमाडौं। इङ्ल्यान्ड भ्रमणमा रहेको भारतले तेस्रो टेस्टमा लज्जास्पद सुरुवात गरेको छ।

लिड्सस्थित हेडिङले ओभलमा बुधवार टस जितेर ब्याटिङ रोजेको भारत पहिलो इनिङको खेलमा ७८ रनमै समेटियो। भारतका लागि रोहित शर्मा र उप-कप्तान अजिन्क्या राहानेले मात्र दुई अंकमा रन बनाउन सफल भएका थिए।

The scoreboard records India's abject performance with the bat, England vs India, 3rd Test, Leeds, 1st day, August 25, 2021

१ रनको स्कोरमा भारतले आफ्नो ओपनर के.एल. राहुललाई गुमाएको थियो। इङ्ल्यान्डका लेजेन्डरी बलर जेम्स एन्डरसनले राहुललाई डक आउट गरेका थिए।

त्यसपछि एन्डरसनले भेट्रान ब्याट्सम्यान चेतेश्वर पूजारा र कप्तान विराट कोहलीलाई पनि क्रमशः १ र ७ रनमा पविलियन फर्काएका थिए। अन्य ब्याट्सम्यानमा विकेट किपर ऋषभ पन्तले २, रवीन्द्र जडेजाले ४ र ईशान्त शर्माले अविजित ८ रन बनाउन सफल भए।

James Anderson is pumped up after dismissing Virat Kohli, England vs India, 3rd Test, Headingley, 1st day, August 25, 2021

पहिलो इनिङमा मोहम्मद शमी र जसप्रित बुम्राह पनि डक आउट हुन पुगे। त्यस्तै मोहम्मद सिराजले ३ रनको योगदान दिएका थिए। घरेलु टोलीका लागि जेम्स एन्डरसन र क्रेग ओभरटनले समान ३-३ विकेट लिन सफल भए। त्यस्तै ओली रबिन्सन र स्याम करनले समान २-२ विकेट लिए।

जवाफी ब्याटिङमा इङ्ल्यान्डले शानदार सुरुवात गरेको छ। पहिलो दिनको खेल सकिँदासम्म घरेलु टोलीले ४२ ओभरमा बिना कुनै क्षति १२० रन जोडेको छ। इङ्ल्यान्डका लागि ओपनरद्वय रोरी बर्न्स र हासिब हमिदले क्रमशः ५२ र ६० रन बनाएका छन्।

Haseeb Hameed and Rory Burns put on a century partnership, England vs India, 3rd Test, Headingley, 1st day, August 25, 2021

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?