कर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको निर्माण सुरु

लोकपथ
338
Shares
s0ff{nLdf klxnf] hl8a’6L s]Gb| lgdf{0f z’? hfh/sf]6, !) ebf} M s/La * s/f]8sf] nfutdf s0ff{nLs} klxnf] hl8a’6L k|zf]wg s]Gb| hfh/sf]6 e]/L gu/kflnsf–# l:yt /ftfrf}/df lgdf{0f sfo{ z’? . hl8a’6L pTkfbg tyf k|zf]wg sDkgL lnld6]8n] of] lgdf{0f ug{ nfu]sf] xf] . t:jL/ M x]dGt s];L÷/f;;

जाजरकोट । कर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको यहाँ निर्माण सुरु गरिएको छ ।

करिब आठ करोड रुपैयाँ लगानीमा सरकारी स्वमित्वको प्रशोधन केन्द्रको निर्माण कार्य सुरु गरिएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले जानकारी दिए । भेरी नगरपालिका–३ को राताचौरमा निर्माण सुरु गरिएको यो प्रशोधन केन्द्र कर्णाली प्रदेशकै पहिलो रहेको उनले बताए ।

बुधवार भवनको औपचारिकरुपमा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरे । जडीबुटी तथा पर्यटन र खनिजको राम्रो सम्भावना रहेको कर्णालीमा यो केन्द्र स्थापनासँगै सर्वसाधारण जडीबुटीको बजार घर नजिकै आएको भन्दै खुशी भएका छन् । केन्द्रमा एक वर्षमा १० करोड रुपैयाँ बराबरको कारोबार हुने बताइएको छ ।

विसं २०७९ जेठ ११ गतेभित्र भवन निर्माण कार्य सम्पन्न गर्ने गरे ज्ञानज्योति बिल्र्डस प्रालि काठमाडौँले निर्माणको जिम्मा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?