काठमाडौं, २६ चैत । ग्रीन डेभलपमेन्ट बैंकले ६ लाख ६२ हजार २९७ कित्ता सेयर लिलामी गर्ने भएको छ । बैंकले संस्थापक र साधारण गरि ६ लाख ६३ हजार २९७ कित्ता सेयर लिलामी गर्न लागेको हो । बैंकले यस अघि निष्काशन गरेको ४ सय प्रतिशत हकप्रदमा अवितरित भएको सेयर लिलामी गर्न लागेको हो ।बैंकले यसअघि पुस १६ गतेसम्म कायम सेयरधनीलाई माघ २ गतेदेखि फागुन २३ गतेसम्म एक बराबर चार अनुपातमा ४० लाख कित्ता हकप्रद जारी गरेको थियो ।सो हकप्रद चैत २२ गते सम्पन्न बैंक सञ्चालक समितिले रितिपूर्वक आवेदन दिने सेयरधनीलाई ३३ लाख ४७ हजार ७०३ कित्ता बाँडफाँड गरेको ग्रीनको सेयर विक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ ।यो लिलामी सेयर विक्री पश्चात बैंकको चुक्ता पूँजी ५० करोड पुग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया